उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ताबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।
लागूऔषधको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले नवराजपुर नगरपालिका–६ सिरहाका २४ वर्षीय पवन चौधरीलाई लागूऔषधसहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
पक्राउ परेका चौधरीको साथबाट प्रहरीले नोफिन २३ एम्पुल, प्रोमीथाजिन, २३ एम्पुल, डाइजेल्याब २३ एम्पुल गरी जम्मा ६९ एम्पुल र मोबाइल २ थान समेत बरामद गरेको छ । पक्राउ परेका चौधरीको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।