Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरी र केराबारीबाट लागूऔषधसहित समातिए

हाम्रो कोशी आवाज
पुष १८ २०७७, शनिबार
इटहरी र केराबारीबाट लागूऔषधसहित समातिए

सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका ९ बाट नियन्त्रित लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।
गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले मोरङको केराबारी गाउँपालिका–१ का २४ वर्षीय मानबहादुर लिम्बूलाई शुक्रबार बिहान राति १ बजे २ केजी ७०० ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो । साथै लिम्बूले गाँजा ओसारपसारमा प्रयोग गर्दै आएको को१४प ९२०९ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।
यसैगरी मोरङ केराबारी–१० खदम खोलास्थित एरियाबाट दुईजना गाँजासहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ केराबारी–७ का १७ वर्षीय बिशेष राई र सोही स्थानका १९ वर्षीय बिपीन लिम्बू रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय केराबारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले शुक्रबार बेलुका ६ बजे २ केजी गाँजासहित पक्राउ गरेको हो ।
गाँजासहित पक्राउ परेका तीनैजना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: पुष १८ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend