बिर्तामोडः झापाको बुद्धशान्ति गाउँपालिका–३ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टावाट खटिएको प्रहरी टोलीले स्थानीय ४१ वर्षीय दिनेश कुमालाई ४ ग्राम लागूऔषध ब्राउनसुगर र नगद ४ हजारसहित तथा ४३ वर्षीय भेषराज सापकोटालाई १० ग्राम ब्राउनसुगर, कोडिन ३ बोतल, नाइट्रोजन २० चक्की, डिजिटल तराजु–१ थान र मोबाइल थान–२ सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।