Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङमा खैरोहिरोइनसहित तीनजना समातिए

हाम्रो कोशी आवाज
माघ २ २०७७, शुक्रबार
ताप्लेजुङमा खैरोहिरोइनसहित तीनजना समातिए

फुङलिङः जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले लागूऔषध खैरो हिरोइन (ब्राउनसुगर) कारोबारमा संलग्न एक महिलासहित तीन जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ ।
करिब २६ ग्राम खैरोहिराइनसहित पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं. ४ इखाबु बस्ने २४ वर्षीय हाङ्सु भनिने अमृत लिम्बू, हाल फुङलिङ नगरपालिका वडा नं. ७ हेलिप्याड नजिक बस्दै आएका भारतीय नागरिक ३० वर्षीय मनोज साह र फुङलिङ नगरपालिका वडा नं. ९ हाङ्देवा घर भई हाल झापाको अर्जुनधारा नगरपालिका वडा नं. ११ बस्दै आएकी ३३ वर्षीया कल्पना गुरुङ रहेका छन् ।
फरक–फरक मितिमा पक्राउ परेका उनीहरुबाट २५.८१ ग्राम खैरोहिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नावय उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार अमृत र मनोजको साथबाट लागूऔषध फेला परेको र विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा खैरोहिरोइन नै भएको पुष्टि भएको छ । अनुसन्धानको क्रममा सो खैरोहिरोइन कारोबारमा कल्पनाको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ २ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend