दमकः दमक–४ ताराबारीस्थित राजमार्गमा एम्बुलेन्स र अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
सोमबार बिहान ९ बजे मे१च १२४६ नम्बरको एम्बुलेन्स र प्रदेश १–०१–००३ ह ६२४ नम्बरको अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा अटो चालक उर्लाबारी–४ का ५० वर्षीय देवेन्द्र बुढाथोकी र अटोमा सवार सोही स्थानका ४९ वर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
अटोमा सवार सुनसरी इनरुवा–७ का २४ वर्षीय सौजन मगर र दमक–४ का राजन सिलवाल समेत घाइते भएकोमा उनीहरुको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
एम्बुलेन्स र एम्बुलेन्स चालक दमक–४ का ५१ वर्षीय गणेश दंगाल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।