Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रमेश प्रसाई र मिलन नेवारको पूर्वेली भाका सार्वजनिक

हाम्रो कोशी आवाज
माघ ९ २०७७, शुक्रबार
रमेश प्रसाई र मिलन नेवारको पूर्वेली भाका सार्वजनिक

धरानः रमेश प्रसाईं र मिलन नेवारको स्वर रहेको पूर्वेली भाका सार्वजनिक भएको छ ।
विदेश उडेको युवाको कथा र पूर्वेली भाका समेटिएको ‘अरबको खाडी’ बोलको गीत सार्वजनिक भएको हो । प्रेम चौलागाईको शव्द, चर्चित गायिका मिलन नेवार र रमेश प्रसाईको स्वरमा रहेको गीतलाई चर्चित संगीतकार राजनराज शिवाकोटीले संगीत भरेका छन् ।
‘गीतमा नेपाली भुगोल, माटो, प्रेम र नेपाली युवाको दर्द उतार्ने प्रयास गरेको छु,’ गीतकार चौलागाई भन्छन्,‘वास्तवमा नेपाली युवाहरुलाई आफ्नो माटो छाडेर विदेश उड्दा पनि प्रेमले शक्ति र उर्जा दिन सकोस भन्ने सन्देश दिने प्रयास गीतले गरेको छ ।’
प्रेम आदित्य च्यानलबाट सार्वजनिक भएको गीतको भिडियो निर्देशक राजेश पुमा राईले गरेका छन । म्युजिक भिडियोमा मोडेल योगेन्द्र राई र सेशुका राईले अभिनय गरेका छन् । गीतमा टिकटक बनाएर सबैभन्दा बढी भ्यूज बटुल्ने संगीतप्रेमीलाई भ्यूज र ड्रेसअपको मूल्याकंन गरी गीतकार चौलागाईले पुरस्कारको ब्यवस्था गरेका छन् ।

प्रकाशित मिति: माघ ९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend