धरानः प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मोडल जाङ्मु शेर्पासँग विवाहबन्धनमा बाँधिएका छन् ।
४९ वर्षीय राई र २३ शेर्पाबीच आइतबार विवाह भएको हो ।
मुख्यमन्त्री राईले काठमाडौँको एक पार्टी प्यालेसमा सानो जमघटका बीच विवाह समारोह सम्पन्न गरेका हुन् । उनको विवाहमा पर्यटनमन्त्री भानुभक्त ढकाल विवाहमा पुगेका थिए ।
परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ । बेहुला र बेहुली आफ्नो जातीय पोशाकमा सजिएको देखिन्थ्यो । विवाहको शुभकामना दिन राष्ट्रपति विद्यादेवी भण्डारी पुगेकी छिन्।
राष्ट्रपति भण्डारी दिउँसो साढे ३ बजे गैरीधारास्थित एलेक्स पार्टी प्यालेसमा आयोजित विवाह समारोहमा पुगेकी हुन। काठमाडौँमा विवाह लगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुने बताइएको छ।
मुख्यमन्त्री राईको पुर्ख्यौली घर भोजपुर हो भने जाङ्मु शेर्पा संखुवासभाकी हुन्।


