Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागूऔषधसहित तीनजना समातिए

हाम्रो कोशी आवाज
माघ २१ २०७७, बुधबार
लागूऔषधसहित तीनजना समातिए

बिर्तामोडः झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ब्राउसुगरसहित ३ जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–९ का २० वर्षीय अजय राजवंशीलाई २ ग्राम २०० मिलिग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थान, नगद ७ हजार, मोबाइल २ थानसहित मंगलबार राति ८ बजे पक्राउ गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिक भारत किशनगञ्जका ३० वर्षीय मो.आलम र २८ वर्षीय मदिउर रहमानलाई १० ग्राम लागूऔषध ब्राउनसुगर, भारतीय रुपैयाँ ९ हजार १७०, ५० ग्राम गाँजा र १ थान मोवायल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: माघ २१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend