Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवासहित अन्य युवा २५० केजी गाँजा लिएर भागेपछि…

हाम्रो कोशी आवाज
माघ २१ २०७७, बुधबार
धरानका युवासहित अन्य युवा २५० केजी गाँजा लिएर भागेपछि…

धरानः सुनसरीको इनरुवा नगरपालिका–२ बलाहा नहरबाट २ सय ५० केजी गाँजासहित २ जनालाई पक्राउ गरिएको छ ।
को१च ९८५२ नम्बरको बलेरो गाडीमा ठूलो परिणाममा गाँजा तस्करी भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट बुधबार बिहान २ बजेको समयमा प्रहरी निरीक्षकसहितको कमाण्डमा खटिएको प्रहरी टोलीले ब्यारिकेटसहित चेकिङ राखेकोमा बराहक्षेत्रबाट आएको सो नम्बरको गाडी ब्यारिकेट लडाएर फरार भएको थियो ।
ब्यारिकेटलाई क्षति गरी फरार भएको सो गाडीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बलाहा नहरबाट बिहान पौने ४ बजे नियन्त्रणमा लिएको हो । ब्यारिकेट लडाएर भागेको सो गाडीलाई नियन्त्रण लिन एक राउण्ड फायर समेत भएको थियो भने सो गाडीले भाग्ने क्रममा को१ब २४३६ र को१ब २१०५ नम्बरको मोटरसाइकललाई समेत क्षति पुरयाएको तथा एकजना प्रहरी समेत घाइते भएका छन् ।
कोशीपुलबाट भागेको सो गाडीलाई बलाहा नहरबाट राति नै नियन्त्रणमा लिएको हो । गाडीसँगै चालक भोजपुर हतुवागढी गाउँपालिका–९ का २७ वर्षीय अर्जुन खड्का र गाडीमा सवार रहेका धरान–१ का २६ वर्षीय ज्याक्सन श्रेष्ठलाई पक्राउ गरिएको छ भने गाडीमा रहेको २५० केजी गाँजा, नगद १ लाख ५४ हजार र १ थान खुकुरी समेत बरामद भएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: माघ २१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend