Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सम्यक स्कुलमा चित्रकला

हाम्रो कोशी आवाज
माघ २३ २०७७, शुक्रबार
धरानको सम्यक स्कुलमा चित्रकला

धरानः सम्यक शिक्षा आधारभूत विद्यालयमा धरान राउण्ड टेबलले चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।
विद्यालयका कक्षा–५ लाई ‘राष्ट्रिय झण्डा’ विषयको चित्रकला प्रतियोगितामा सन्तोष दर्जी पहिलो, लाक्पा तामाङ दोस्रो र दोर्जे तामाङ तेस्रो भएको थियो भने कक्षा–६ लाई ‘राम्रो तथा स्वच्छ विद्यालय’ विषयक चित्रकला प्रतियोगितामा सामुएल सार्की पहिलो, देव लिम्बू दोस्रो र मनोज लिम्बू तेस्रो भए । त्यसैगरी कक्षा–७ लाई ‘सुन्दर तथा स्वच्छ गाउँ’ विषयक चित्रकला प्रतियोगितामा दृष्टि राई पहिलो, रोजी मगर दोस्रो र रोसिका तामाङ तेस्रो भएका थिए । सबै बिजेता विद्यार्थीहरुलाई मेडल र कपी हस्तान्तरण गरिएको प्रधानाध्यापक सरोज श्रेष्ठले जानकारी दिए ।
विद्यार्थीहरुलाई पढाइबाट मात्र चौतर्फी विकास नहुने भएकोले विद्यार्थीहरुको सिर्जनात्मक क्षमता के कस्तो छ त्यसको पहिचानको लागि चित्रकला प्रतियोगिताको आयोजना गरेको लक्ष्मीकान्त वियानीले जानकारी दिए । प्रत्येक शुक्रबारको दिन यस विद्यालयमा विभिन्न प्रतियोगिताको आयोजना गर्दै आएको उनले जानकारी दिए ।
सो प्रतियोगितामा धरान राउण्ड टेबलका निर्वतमान अध्यक्ष लक्ष्मीकान्त वियानी, उपाध्यक्ष कृष्ण अटल, कोषाध्यक्ष सेन्की अग्रवाल र सदस्यहरुमा सोमन्त अग्रवाल, हेमन्त अग्रवाल र सुमित अग्रवालको उपस्थित रहेको थियो ।

प्रकाशित मिति: माघ २३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend