Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तीव्र गतिको मोटरसाइकल पल्टिँदा बाबुछोराकै मृत्यु

हाम्रो कोशी आवाज
माघ २५ २०७७, आइतबार
तीव्र गतिको मोटरसाइकल पल्टिँदा बाबुछोराकै मृत्यु

सुनसरीः सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
दुर्घटनामा सवार बाबुछोराकै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा इटहरी ८ बस्ने ५० वर्षीय नुरजंग मल्ल र मोटरसाइकलको पछाडि सवार उनका बुवा ८२ वर्षीय कुवेरबहादुर मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इटहरी २ पीपलचोकमा प्रदेश १–०१–०४४ नम्बर को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार बाबुछोराकै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल छोराले चलाएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा उनीहरुको मृत्यु भएको हो । तीब्र गतिका कारण दुर्घटना भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ २५ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend