तेह्रथुमः तेह्रथुमको लालीगुराँस नगरपालिका–३ मुसाङखेलका ४३ वर्षीय नरबहादुर लिम्बू हत्याको आरोपमा पक्राउ परेका छन् ।
आइतबार बिहान ११ बजेको समयमा लिम्बूले घरायसी विवादको कारण आफ्नै श्रीमती ४७ वर्षीया मइतरानी लिम्बूलाई बञ्चरोले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले लिम्बूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।