Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लिम्बू भाषा, लिपी सिक्दै विद्यार्थी

हाम्रो कोशी आवाज
माघ २५ २०७७, आइतबार
लिम्बू भाषा, लिपी सिक्दै विद्यार्थी

धरानः धरानमा लिम्बू भाषा, लिपीबारे लिम्बू जातिभन्दा पनि अन्य जातिले बढी चासो दिएको पाइएको छ ।
धरान उपमहानगरपालिका १५ नं. वडाको सहयोग तथा लिम्बू भाषा लिपी प्रशिक्षण केन्द्रको आयोजनामा धरान–१५ स्थित श्री बद्रीनाथ आधारभूत विद्यालयमा सञ्चालित पाँचदिने किरात सिरिजङ्गा लिपी लेखन प्रशिक्षण कार्यक्रम आयोजना भएको थियो ।
तालिममा कक्षा ३ देखि ८ सम्मका ६७ जनाले नाम लेखाएपनि ५४ जना विद्यार्थीहरुले नियमितरुपमा किरात शिरिजङ्गा लिपी र केही लिम्बू भाषा सिकेका थिए । सहभागी विद्यार्थीहरुमा ५ जना लिम्बू, ९ जना राई, ९ जना क्षेत्री बाहुन, २३ जना दलित, ४ जना तामाङ, २ जना मगर, १ जना गुरुङ र १ जना चौधरी रहेका थिए । माघ २१ गतेदेखि २५ गतेसम्म यस्तो तालिम आयोजना भएको थियो ।
किरात सिरिजङ्गा लिपी सिक्न लिम्बू समुदायभन्दा अन्य जाति बढी इच्छुक देखिएको धरान–१५ का जनप्रतिनिधिहरुले समेत बताएका छन् । समापन कार्यक्रममा पनि उनीहरुले यसो नै भने ।
समापन कार्यक्रमका प्रमुख अतिथी वडा सदस्य रामकाजी राईले (नेपाल बहुभाषिक, बहुसांस्कृतिक राष्ट्र भएकोले सबै जातिको भाषा, लिपी, संस्कार, संस्कृति सिक्नुले हामीलाई सामाजिकरुपमा काम गर्न सहज हुने बताए ।
त्यस्तै, वडा सदस्यद्वय जानुका कार्की र नरमाया विकले कुनैपनि जातिको भाष, लिपी देशको सम्पत्ति भएकोले सरकारी तवरबाट नै ऐच्छिक नभई शैक्षिक रुपमा अगाडी बढाउनुपर्ने र सम्बन्धित संस्थाहरुले सरकारसमक्ष पहल कदमी गर्नुपर्ने बताए ।
त्यस्तै, कियाचु सुनसरी अध्यक्ष मोहनकुमार हुक्पाचोङवाङले सबै जातिको भाषा, लिपी देशको सम्पत्ति ो तर यसको विकासको निमित्त सरकारसँग आर्थिक सहयोग माग गर्नुपर्ने बिडम्बना रहेको बताए । स्कुलका प्रअ देवराज लिम्बूले स्कुलमा अध्ययनरत विद्यार्थी लिम्बू समुदायको भन्दा गैर लिम्बूहरु बढी भएतापनि किरात सिरिजङ्गा लिपी र लिम्बू भाषा सिक्न इच्छुक रहेको बताए ।
सबै प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथी तथा अतिथिहरुले प्रमाणपत्र र नोटबुक वितरण गरेका थिए । पाँचदिने सो कार्यक्रमको उद्घाटन वडाध्यक्ष नरेश इवारमले माघ २१ गते लिपी लेखेर शुभारम्भ गरेका थिए । कार्यक्रम लिम्बू भाषा, लिपी प्रशिक्षण केन्द्रका अध्यक्ष एवम् प्रशिक्षक स्वर्णिमहाङ फोम्बो लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: माघ २५ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend