Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सोलुखुम्बुमा कठ्याङ्ग्रीएर ज्यान गयो

हाम्रो कोशी आवाज
माघ २६ २०७७, सोमबार
सोलुखुम्बुमा कठ्याङ्ग्रीएर ज्यान गयो

सोलुखुम्बुः सोलुखुम्बु जिल्ला हुलाक कार्यालय सोलुखुम्बुका एक कर्मचारीको चिसोले कठ्याङ्ग्रीएर ज्यान गएको छ ।
हुलाकीका रूपमा कार्यरत सोलुदूधकुण्ड नगरपालिका ५ नयाँबजारका राम श्रेष्ठको शनिबार राति लमजुरा जङ्गलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
शनिबार हिमपातका कारण ज्यान गएका मृतक श्रेष्ठ र उनका ज्वाई प्रकाश राई ओडरमा बास बसेका थिए । ओडारमा चिसोका कारण कठ्याङ्ग्रीएर गम्भिर बिरामी परेका श्रेष्ठको आइतबार मृत्यु भएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।
लिखुपिके गाउँपालिकामा चिठी पु¥याएर फर्कने क्रममा श्रेष्ठको ज्यान गएको प्रहरी निरीक्षक (इन्स्पेक्टर) महेन्द्र दर्नालले जानकारी दिए ।

प्रकाशित मिति: माघ २६ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend