Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्घटनामा दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
माघ २७ २०७७, मंगलबार
दुर्घटनामा दुईजनाको मृत्यु

विराटनगरः मोरङ र झापामा सोमवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
मोरङको बेलबारी नगरपालिका–१ मा सोमबार दिउँसो को९प ७१८८ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा घाइते भएकी स्थानीय १७ वर्षीया कल्पना लिम्बूको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
स्कुटर चालक बेलबारी–४ का २७ बर्षीय अनमोल बस्नेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।
यसैगरी झापाको गौरिगञ्ज गाउँपालिका–९ मा को१३प २०४० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक गौरादह नगरपालिका–९ का ३९ वर्षीय पुरुषोत्तम फुयाँलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

प्रकाशित मिति: माघ २७ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend