धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजका विद्यार्थीले प्रतिभा देखाएका छन् ।
होटल म्यानेजमेण्ट र म्यानेजमेण्टमा अध्ययरत विद्यार्थीका लागि कलेजले ‘टयालेन्ट शो २०७७’ नाम दिइएको प्रतियोगिता आयोजना गरेको थियो । अधिकांश विद्यार्थीले गायन र नृत्य प्रतियोगितामा भाग लिए भने नाटक पनि देखाए ।
गायन विधातर्फ १७ जना विद्यार्थीले भाग लिएका थिए भने नृत्यतर्फ ५ जना विद्यार्थीले भाग लिएका थिए । गायनतर्फ कक्षा–१२ का नविन दर्नाल, विश्वदीप बज्राचार्य, शारदा तामाङ, रोमन गुरुङ र कक्षा–११ का सुमन गुरुङ छनौटमा परेका छन् । यस्तै, नृत्यतर्फ कक्षा–१२ का सुजल लिम्बू र सुजित श्रेष्ठ, कक्षा–११ का विमष पौडेल छनौट भएका छन् ।
प्रतियोगिताको गायनतर्फ सुजन लिम्बू, प्रकाश राई, दविन दर्नाल, मिसन गुरुङ, रितिका मगर, विश्वदीप बज्राचार्य, शारदा तामाङ, सनम गुरुङ, सुमन गुरुङ, साहिल मगर, सन्देश राई, युकेश रोक्का, रितिका राई, एन्जल राई, सनम तामाङ, अभिषेक मादेन, सुमिष लिम्बूले भाग लिएका थिए । यस्तै, नृत्यतर्फ सुजल लिम्बू, सपना राई, आशा रसाइली, रितिका ग्रुप, विमष पौडेललगायतले भाग लिएका थिए । कार्यक्रममा अप्सरा खत्रीले नाटक साथै ‘स्पीच’ पनि दिएकी थिइन् । कार्यक्रममा समिर तामाङले पनि गीत गाएका थिए ।
पढाइका साथै अतिरिक्त क्रियाकलापअन्तर्गत वर्षेनी यस्तो प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्दै आएको कलेजका प्रमुख डम्बरकुमार तुम्वापोले जानकारी दिए । ‘कलेजका विद्यार्थी पढाइमा प्रदेश १ प्रथम, राष्ट्रियस्तरको दोस्रोसम्म बन्न सफल बनेका छन् नै, त्यसमा पनि अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीको प्रतिभा बाहिर निकाल्न हरतरहले कलेज लागिरहन्छ’, उनले थपे, ‘कलेजले अतिरिक्त क्रियाकलापअन्तर्गत नृत्य, गायन, बोल्ने, नाटकलगायतमा जोड दिँदै आएको छ ।’ उनले कलेजले गायनको त कक्षा नै सञ्चालन गर्दै आएको बताए ।
कलेजका अध्यक्ष ज्ञानेश्वर झाले आगामी दिनमा विद्यार्थीका लागि फरक फरक प्रतिभा पस्किने वातावरण मिलाइरहने बताए । कार्यक्रममा युएन, नवोदय कलेजका अध्यक्ष झा, होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगन श्रेष्ठ, म्यानजमेण्ट कोअर्डिनेटर सुमन बाँस्कोटालगायत कलेजका अध्यापकहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन अध्यापिका दिव्याशोनम झाले गरेकी थिइन् ।
तस्वीरः हाम्रो कोशी आवाज
























