Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान मेघामा प्रवेश परीक्षा

हाम्रो कोशी आवाज
फाल्गुन १ २०७७, शनिबार
धरान मेघामा प्रवेश परीक्षा

धरानः धरान-१२ स्थित धरान मेघा कलेजमा बिबिएस पहिलो वर्षका लागि शनिबार पहिलो चरणको प्रवेश परीक्षा सम्पन्न भएको छ ।
ब्यवस्थापन सन्कायमा प्लस टु उत्तीर्ण गरि सकेका बिद्यार्थीहरुलाई बिबिएस पहिलो वर्षमा नयाँ भर्नाका लागि लिइएको प्रवेश परीक्षामा १ सय ५० जना विद्यार्थी सहभागी भएको कलेजका शैक्षिक निर्देशक अर्जुन घिमिरेले जानकारी दिए ।
छुटेका अन्य विद्यार्थीहरुका लागि पनि चाँडै दोस्रो चरणको प्रवेश परीक्षा राखिने निर्देशक घिमिरेले जानकारी दिए । यो पटकको प्रवेश परीक्षामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको कलेजका प्रशासकीय निर्देशक कैलास लिम्बूले जानकारी दिए । विद्यार्थीहरुको चौतर्फी विकासमा ध्यान दिँदै गुणस्तरीय र विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने शिक्षा प्रदान गर्न जोड दिइने बिबिएस तर्फका संयोजक चन्द्र वनेमले बताए । तस्वीरः तिर्थ कार्की

प्रकाशित मिति: फाल्गुन १ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend