विराटनगरः मोरङको लेटाङ–२ बस्ने ६७ वर्षीय रत्नबहादुर श्रेष्ठको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।
मोरङ सुन्दरहरैंचास्थित राजमार्गमा ना३ख ५६९१ नम्बरको ट्रकले साइकलयात्री श्रेष्ठलाई ठक्कर दिँदा उनी गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका श्रेष्ठको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार अपराहन ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रक र चालक धनकुटा साँघुरीगढिका २९ वर्षीय अमिर राई नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
उता तेह्रथुम लालीगुराँस–५ स्थितमा बस्ने ७३ वर्षीया मंगलमाया लिम्बूको लडेर मृत्यु भएको छ ।
राति के कुन समयमा लालीगुराँसस्थितमा रहेको पात्लेडाँडामा मंगलमायाको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले इलाका प्रहरी कार्यालय बसन्तपुरमा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।