Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पब्लिक मावि फुस्रेको एक करोड २७ लाख बढीमा तीनतले भवन बन्ने

हाम्रो कोशी आवाज
फाल्गुन ४ २०७७, मंगलबार
पब्लिक मावि फुस्रेको एक करोड २७ लाख बढीमा तीनतले भवन बन्ने

धरानः धरान–१३ स्थित पब्लिक मावि फुस्रेको भवन बन्ने भएको छ ।
एक करोड २७ लाख १० हजार रुपैयाँमा ९ कोठा भएको तीन तले भवन बन्ने भएको हो । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले नवनिर्मित विद्यालय भवनको शिलान्यास गरेका छन् । मेयर राईले विधिवतरुपमा पूजा गरेर नवनिर्मित भवनको शिल्यानास गरेका थिए ।
विद्यालय भवन संघीय सरकारको विद्यालय निर्माण विशेष अनुदान र धरान उपमहानगरपालिकाको पहलमा निर्माण हुन लागेको हो । आले निर्माण सेवा पाँचथर सो भवन असार मसान्तभित्रमा सम्पन्न गर्ने सम्झौताका साथ ठेक्का लिएको छ ।
मेयर राईले विद्यालय भवन निर्माणको काम समयमै सक्नका लागि व्यवस्थापन समिति र ठेकेदार कम्पनीलाई आग्रह गरे । उनले धरानका स्कुलहरु अत्यन्त जीर्ण र पुरानो हुँदै गएको बताउँदै उनले सबै स्कुलको भौतिक संरचनाहरु पुनःनिर्माण र नयाँ निर्माण गर्नुपर्ने आवश्यकता देखिएको बताए ।
भौतिक संरचना, पोशाक, पाठ्यक्रम र शिक्षकहरुमा गुणस्तर बढेको कारण आजभोलि सामुदायिक विद्यालयमा पढ्न आउनेको संख्या बढ्दै गएको मेयर राईको भनाइ थियो ।
उपमेयर मञ्जु भण्डारी सुवेदीले एक्लैको प्रयासबाट मात्र नभई सबैको सामूहिक प्रयासमा विद्यालय भवन निर्माणको काम सुरु भएको भन्दै धन्यवाद व्यक्त गरिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनसेवक भण्डारीले उपमहानगरपालिकाको पहलमा भवन निर्माण हुन लागेको भन्दै खुशी व्यक्त गरे ।
वडाका वडाध्यक्ष नेत्र काफ्लेले आजको मितिबाट भवन निर्माणको काम द्रुत गतिमा हुने भन्दै ठेकेदार समयमै सम्पन्न गर्न आग्रह गरे । विद्यालयका प्रध्यानाध्यापक पुरुषोत्तम निरौलाका अनुसार यसै आवको असार मसान्तभित्रमा भवन निर्माण सम्पन्न गरेर साउन पहिलो साता हस्तान्तरण गर्ने सम्झौता भएको छ । विद्यालयमा ४ सय ४५ जना विद्यार्थी छन् ।

प्रकाशित मिति: फाल्गुन ४ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend