Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हामीले सहरलाई हरियो बनाउन सक्दैनौं ?

हाम्रो कोशी आवाज
फाल्गुन ५ २०७७, बुधबार
हामीले सहरलाई हरियो बनाउन सक्दैनौं ?

बढ्दो सहरीकरणसँगैै सहर अनि सहरवासीमा देखापर्दै गरेका कैयन समस्या, जस्तोः ध्वनि तथा वायु प्रदुषण, जल प्रदुषण तथा यसबाट उत्पन्न रोग अनि जलवायु परिवर्तन जस्ता विविध समस्या निराकरणमा वनको भूमिका महत्वपूर्ण रहेको छ । नेपाल सरकारले सन् २०१५–२०२५ को दशकलाई एक घर–एक रुख, एक गाउँ–एक वन तथा एक सहर–एक पार्कको नारासँगैै वन दशकको घोषणा गरेको परिवेशमा समेत आजको दिन हाम्रो सहरलाई सुन्दर, सफा अनि हरियो बनाउन सक्दो सहयोग गर्ने वाचा गर्ने दिनकारूपमा समेत महत्व राख्छ ।
सन् १९६० मा केवल ३.५ प्रतिशत मात्र नेपाली जनसंख्या सहर केन्द्रित थियो । करिब ५० वर्षको अन्तरालमा अहिले २० प्रतिशतभन्दा अलि बढी नेपाली सहरमा बसोवास गर्छन् । प्रतिशतको हिसाबले केही कम देखिए पनिसन् १९६० मा करिब ३ लाख हाराहारी सहरी जनसंख्या भएको नेपालमा अहिले झन्डै ५६ लाख मानिस सहरमा बसोवास गरेको देखिन्छ । नेपाल विश्वका दश कम सहरी देशभित्र पर्छ, तर चाखलाग्दो कुरो के छ भने नेपाल विश्वका दश प्रमुख राष्ट्रभित्र पर्छ जहाँ तीब्र गतिमा सहरीकरण हुँदैछ । एक अन्तर्राष्ट्रिय अनुसन्धानले भन्छ–सन् २०१४ देखि २०५० सम्म नेपाल विश्वका प्रमुख दश देशभित्र रहिरहनेछ, जहाँ छिटोछिटो सहरीकरण हुँदैछ ।
नेपालका धेरै वर्तमान सहरहरूमा वनको अवस्था राम्रो छैन । हाम्रा धेरैजसो मध्य तराईका सहरहरू त रुखबेगर जस्तै देखिन्छन् । यसले हाम्रो समग्रता देखाउँछ कि, हामीसहरी वनको अवधारणासँग समाहित हुनै सकेनौं वा चाहेनौं । योजना या नीतिगतरूपमा हामी पछाडि छैनौं । चाहे वन तथा वातावरण मन्त्रालयको एक सहर–एक पार्क, एक घर–एक रुख नीति होस्, या सहरी विकास मन्त्रालयको सहरी विकास रणनीति नै किन नहोस् । हामीले नीतिगत रूपमा लेखेकै छौं, तर मूल कुरो कार्यान्वयनको हो ।
वनस्पति मात्रले हामीले उत्सर्जन गर्नेे जलवायु परिवर्तनको मुख्य कारण मानिँदै आएको कार्वनडाइअक्साइडलाई शोषण तथा भण्डारण गर्न सक्छ । सहरी परिवेशमा यसको उत्सर्जन ग्रामीणभन्दा अत्याधिक हुने तथ्य प्रमाणित नै छ । सहर, जहाँ धूलो, धुवाँ, वायु तथा जल प्रदूषण प्रमुख मुद्दा रहँदै आएको छ, सहरी वनले धेरै हदसम्म ध्वनि तथा वायु प्रदूषण नियन्त्रण गर्न सक्छ । एक अध्ययनले वनले गर्मी हावालाई ८ डिग्रीसम्म चिसो पार्न सक्ने औंल्याएको छ । त्यसै गरी, जल प्रदूषण न्यूनीकरणमा समेत वनको प्रमुख भूमिका रहन्छ । सहरीवन, सहरमा पाइने चराचुरुङ्गीका लागि मुख्य वासस्थान हो, जसले सहरी जैविक विविधतामा टेवा पुरयाउने मात्र होइन, एउटा स्वस्थ सहरको समेत पहिचान दिन्छ ।
दिगो तथा स्वस्थ सहर हामी सबैको स्वास्थ्यसँग जोडिएको र सरोकारको विषय हो । हाम्रो स्वास्थ्यको सरोकार हाम्रो आफ्नै भएजस्तै, हाम्रो स्वस्थ सहरको जिम्मेवारी पनि हाम्रै हो । सहरको स्वस्थता अनि दिगोपन यहाँको हरियालीसँग जोडिएको छ । नेपालको सहरी विकास रणनीतिले परिकल्पना गरेझैं हरियो सहर बनाउन हाम्रा योजनाहरूलाई एकीकृत गर्दै आवश्यकताअनुसार सहरीवनको विकास, सहरी जैविक विविधताको संरक्षण तथा सार्वजनिक स्थलहरूको निर्माण अपरिहार्य छ । नेपाल सरकार, स्थानीय सरकार, सबै सरोकारवालासँगै आम नागरिक समेतको प्रतिबद्धताबाट नेपालका सहरहरू दिगो तथा हरियालीसहर बन्न सक्छन् । यसका लागि आवश्यक पर्ने अनुसन्धानका कार्यहरूलाई समेत प्राथमिकता दिँदै अनुसन्धानबाट प्राप्त नतिजाहरूलाई योजना तर्जुमाको एक अभिन्न अंगकारूपमा स्वीकार्नुपर्ने आजको आवश्यकतासमेत हो । हाम्रा सहरी योजना कार्यान्वयनका साथ अघि बढाऔं अनि हामी हाम्रा सबै सहर हरियो बनाउन सकौं ।

प्रकाशित मिति: फाल्गुन ५ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ११ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend