Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन ६ २०७७, बिहिबार
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु

विराटनगरः मोरङ ग्रामथान २ बस्ने ४५ वर्षीया रम्वादेवी महतोको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ ।
बुढीगंगा–२ स्थित राजमार्गमा ना७ख २६१५ नम्बरको ट्रकले प्र १–०२–००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स अनियन्त्रित भई पैदल यात्री रम्वादेवीलाई ठक्कर दिँदा उनी गम्भिर घाईते भएकी थिइन् । बुधबार ठक्करबाट घाइते रम्वादेवीको विराट मेडिकल कलेज बुढिगंगामा उपचारको क्रममा बिहीबार बिहान पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ट्रक, ट्रक चालक नबिन खवास र एम्बुलेन्स, एम्बुलेन्स चालक घनश्याम कुवार नियन्त्रणमा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: फाल्गुन ६ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend