सुनसरीः सुनसरी दुहबी नगरपालिका ८ बस्ने ६५ वर्षीया जगवती चौधरीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ ।
बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा घाइते भएकी चौधरीको शनिबार राति १२ बजे नोवेल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ । एम्बुलेन्स र चालक पाँचथर तुम्बेवा बस्ने चन्द्र राई नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
मंगलबार साँझ ६ बजे सोनापुर चौक स्थित कोशी राजमार्गमा प्रदेश १-०२-००२च३८४८ नम्बरको एम्बुलेन्सले चौधरीलाई ठक्कर दिएको थियो ।
यस्तै, मोरङ ग्रामथान गाउँपालिका –४ २५ वर्षीय धिरज माझी स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजे कटहरी-७ तकिया चोकस्थितमा प्र१-०२-०४३प२०७८ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना चालक माझीको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।