Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आउने भो ‘गर्मी भयो धरान’

हाम्रो कोशी आवाज
फाल्गुन २३ २०७७, आइतबार
आउने भो ‘गर्मी भयो धरान’

धरानः ‘गर्मी भयो धरान’ बोलको गीतसहितको भिडिओ सार्वजनिक हुने तयारीमा रहेको छ ।
भूमिषा प्रोडक्सनले सो भिडियो निर्माण गरेको हो । प्रोडक्सनका ज्योतिराज राईका अनुसार भिडियो छिट्टै नै सार्वजनिक हुने तयारीमा छ ।
गीतकार अमर वान्तुको नयाँ गीत ‘गर्मी भयो धरान’ आउने भएको हो । केही समय अघि मात्र धरानमा छायांकन भएको सो गीतमा पल शाहसँगै, सहारा राईसँगै सृष्टि राईको पनि अभिनय रहेको छ ।
गीतकार वान्तुको शब्दमा रहेको गीतमा गायिका मेलिना राई र गायक सत्यराज आचार्यको आवाजमा रहेको छ । यस्तै, संगीत दिनेश बान्तवाको रहेको छ ।
भूमिषा प्रोडक्सनले निर्माण गरेको भिडियोमा जनकदीप पराजुलीको निर्देशन रहेको छ । सागर प्रधानले छायांकन गरेको भिडियोमा मनिता राईको कोरियोग्राफी रहेको छ । भिडियोलाई ध्रुवराज पराजुलीले सम्पादनको जिम्मा लिएका छन् । पल, सहारा र शशी लोहोरुङ फिचर्ड छन् ।
कवि तथा गीतकार अमर वान्तुका दर्जनौं गीतहरु बजारमा सार्वजनिक भइसकेका छन् । उनले लेखेका गीतहरु सिल्की कपाल, हृदयको आवाज, फूलजस्तै, तिम्रो शहर, हरहर महादेव, जीवनको दौडमा लगायतका गीतहरु बजारमा उपलब्ध छन् । उनको अमर भावना भाग १ र २ गीतिसंग्रह पनि बजारमा आइसकेको छ । कविता लेखनमा पनि अब्बल श्रेणीमा स्थापित गरिसकेका गीतकार तथा कवित अमर पछिल्लो समयमा गीत लेखनमा सक्रिय रहेका छन् ।

प्रकाशित मिति: फाल्गुन २३ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend