Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागूऔषधसहित पाँचजना समातिए

हाम्रो कोशी आवाज
फाल्गुन २३ २०७७, आइतबार
लागूऔषधसहित पाँचजना समातिए

बिर्तामोडः विभिन्न स्थानबाट चेकजाँचको क्रममा लागूऔषधसहित पाँचजनालाई पक्राउ गरिएको छ ।
झापा बुद्धशान्ति–३ स्थित झिलमिले पुलबाट सोही स्थानका २३ वर्षीय मुकुन्द राजवंशी ५ ग्राम ४१० मिलिग्राम र झापा भद्रपुर–८ सगरमाथा चौकबाट सोही स्थानका २४ वर्षीय दिनेश राजवंशी ६ ग्राम ५० मिलिग्राम खैरोहिरोइन ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैगरी उदयपुर त्रियुगा –६ लालपत्तास्थितबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहा लहान ३ का २३ वर्षीय सुजित चौधरी, सप्तरी खडक–१ का २२ वर्षीय महेशकुमार चौधरी र उदयपुर त्रियुगा–४ का १९ वर्षीय होमबहादुर मगर रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।
सुजित र महेशलाई लागूऔषध डाइजेपाम–३५ एम्पुल, लुपिजेसिक–३५ एम्पुल र फेनागन–३५ एम्पुलसहित पक्राउ गरिएको हो भने होमबहादुरलाई लागूऔषध नाइट्राजिपाम ७५ ट्याब्लेटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन २३ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend