Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

उद्योगको सामान लोड गर्ने क्रममा सुनसरीमा करेन्ट लागेर मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन २४ २०७७, सोमबार
उद्योगको सामान लोड गर्ने क्रममा सुनसरीमा करेन्ट लागेर मृत्यु

सुनसरीः सुनसरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मोरङ बेलबारी नगरपालिका ७ का २४ वर्षीय आशिष मग्रातीको करेन्ट लागेर मृत्यु भएको हो । आइतबार राति ९ बजे सुनसरीको दुहबी–२ स्थितमा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सह–चालक आशिषलाई इलेक्ट्रिक क्रेनमा करेन्ट लागेको थियो ।
घाइते भएका उनको विराट अस्पताल विराटनगरमा उपचारको क्रममा राति पौने १० बजे मृत्यु भएका १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: फाल्गुन २४ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend