विराटनगरः संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री भानुभक्त ढकाल आएपछि नेकपा एमालेको जिल्ला कार्यालय स्थापना भएको छ ।
सोमबार मन्त्री ढकालसहितका मोरङका नेता–कार्यकर्ताले पार्टी कार्यालय स्थापना गर्दै नेकपा एमालेको बोर्ड राखेका हुन् । मोरङस्थित मदन स्मृति भवनमा एमालेको पार्टी कार्यालय स्थापना गरिएको हो । बोर्ड भन्दा माथि प्रधानमन्त्री केपी ओलीको प्रतिमा राखिएको छ ।
मन्त्री ढकालले यो ऐतिहासिक अवसर भएको बताएका छन् ।
सर्वोच्च अदालतले नेकपालाई खारेज गरी नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएसँगै विराटनगरमा साविक एमालेका कार्यकर्ताले आफ्नो पार्टी कार्यालयमा गतिविधि सुरु गरेका हु्न् ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य गुरु बराल, केन्द्रीय सदस्य विनोद ढकाललगायतको उपस्थिति थियो ।
सर्वोच्च अदालतको फैसलापछि विघटित नेकपा एमाले ब्युँताउन नेकपाको ओली पक्ष सक्रिय देखिएको हो ।