Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हरेक वर्ष खेर जान्छ ९० करोड टन खानेकुरा

हाम्रो कोशी आवाज
फाल्गुन २४ २०७७, सोमबार
हरेक वर्ष खेर जान्छ ९० करोड टन खानेकुरा

धरानः विश्वभर हरेक वर्ष ९० करोड टन खानेकुरा खेर जाने गरेको पाइएको छ ।
विश्वव्यापी एउटा प्रतिवेदनअनुसार हरेक वर्ष ९० करोड टन खाद्यान्न फ्याँक्ने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको वातावरण कार्यक्रम फुड वेस्ट इन्डेक्सले पसल, घर र रेस्टुरेन्टमा उपभोक्ताको निम्ति उपलब्धमध्ये १७ प्रतिशत खानेकुरा सिधै फोहर फालिने भाँडोमा जाने गरेको देखाएको बीबीसीले जनाएको छ ।
यसमध्ये झण्डै ६० प्रतिशत घरबाट निस्किन्छ । राष्ट्रसङ्घको साझेदार सङ्गठन कार्यक्रमको प्रतिवेदनले विश्वव्यापी समस्यालाई उजागर गरेको छ जुन पहिले अनुमान गरेभन्दा धेरै ठूलो छ । न्यून र उच्च आय भएका देशहरूबीच कुन तहमा यो समस्या फरक छ भन्ने कुरा खुट्याउन भने नसकिने अवस्था रहेको प्रतिवेदनले जनाएको छ ।
प्रतिवेदनमा मानिसले थप सावधानीपूर्वक खाना र किनमेलबारेको योजना बनाउन थालेको उल्लेख गरेको छ ।

प्रकाशित मिति: फाल्गुन २४ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend