Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युएन कलेज धरानकी अप्सरा खत्री वक्तृत्वकला प्रतियोगितामा प्रथम

हाम्रो कोशी आवाज
फाल्गुन २५ २०७७, मंगलबार
युएन कलेज धरानकी अप्सरा खत्री वक्तृत्वकला प्रतियोगितामा प्रथम

धरानः धरान–१६ स्थित युएन कलेजकी छात्रा अप्सरा खत्री वक्तृत्वकला प्रतियोगितामा प्रथम बनेकी छिन् ।
रोट्रयाक्ट क्लब अफ धरानले आयोजना गरेको प्रतियोगितामा उनी प्रथम बनेकी हुन् । प्रतियोगितामा धरान–८ स्थित ल्याबोरेटरी माविकी सुस्मिता कार्की द्वितीय बनिन् । यस्तै, धरान–९ स्थित समिट माविका आशिष विश्वकर्मा तृतीय बने ।
कक्षा–९ देखि कक्षा–१२ सम्मका २५ जना विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए । धरान–१० स्थित महेन्द्र बहुमुखी क्याम्पस धरानकी उपप्राध्यापक सीता अधिकारी थापा मुख्य निर्णायक र हेमन राई, धरान-१७ स्थित सेन्ट जोसेफका शिक्षक विष्णुकुमार राई पब्लिक स्पिकिङका कोच हेमन राई निर्णायक रहहेका थिए ।
क्लबकी अध्यक्ष रेश्मा शाक्यले ‘महिला सशक्तीकरण देश विकासको आधार’ शीर्षकमा प्रतियोगिता आयोजना गरिएको बताइन् । प्रतियोगिताका विजेतालाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति: फाल्गुन २५ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend