Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एमालेसँग कुनैपनि हालतमा सत्ता सहकार्य हुँदैनः डा. शेखर कोइराला

हाम्रो कोशी आवाज
फाल्गुन २६ २०७७, बुधबार
एमालेसँग कुनैपनि हालतमा सत्ता सहकार्य हुँदैनः डा. शेखर कोइराला

बिर्तामोडः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ताका लागि एमालेसँग सहकार्य नहुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले संविधान मिच्ने, संसद विघटन गर्ने लगायतका कार्य गरेको भन्दै ओलीसँग कुनै पनि हालतमा सहकार्य नहुने उनको ठोकुवा थियो ।
बुधवार नेपाल प्रेस युनियन झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने ‘संविधान बाहिर गएर संसद विघटन गर्ने ओलीसँग सत्ता सहयात्रा हुँदैन ।’
उनले चुनाव गराउने सर्तमा कांग्रेस सरकारमा भने जाने बताए । ‘राजनीतिक संकट समाधानका लागि निर्वाचन एकमात्र विकल्प हो, अबको १ वर्षभित्रसम्ममा निर्वाचन नभए देशै धरापमा पर्नेछ ।’
सर्वोच्चको पहिलो निर्णयसम्म पर्ख र हेरको अवस्थामा बसेको कांग्रेसले अदालतको दोस्रो निर्णयपछि निम्तिएको राजनैतिक संकटको निकासका लागि अगुवाई लिनुपर्ने उनको भनाइ थियो ।
उनले संसद पुनस्र्थापना हुने वित्तिकै नैतिकताका आधारमा राजिनामा नदिएका प्रधानमन्त्रीले अब संसदमा विश्वासको मत लिएर मात्र अघि बढ्नुपर्ने जरुरी औंल्याए । अर्का केन्द्रीय सदस्य गुरु घिमिरेले संकटमय अवस्थामा रहेको मुलुकको निकासका लागि नेताहरुले बेलैमा सोच्नुपर्ने बताए । सो अवसरमा केन्द्रीय सदस्य सरिता प्रसाई, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, लोकराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: फाल्गुन २६ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend