धरानः धरान-१७ स्थित श्री सम्यक शिक्षा आधारभूत विद्यालयमा धरान राउण्ड टेबल २६ ले फिल्टर सहितको खानेपानी ट्याङ्की सहयोग गरेको छ ।
धरान राउण्ड टेबल २६ का अध्यक्ष आशिष अग्रवालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि आस्पा चेयरमेन राउण्ड टेबल इन्टरनेशनलका सिद्धान्त गुप्ता रहेका थिए भने अतिथिहरुमा नेपाल राउण्ड टेबलका उपाध्यक्ष आनन्द बहेती, नेपाल राउण्ड टेबलका एरिया दुई संयोजक साकेत मरस्का, राउण्ड टेबल नेपालका नेशनल सम्पादक स्वतन्त्र नेभतिया रहेका थिए ।
धरान राउण्ड टेबल २६ का सचिव कृष्ण अटलले कार्यक्रम सञ्चालन गरेको सो कार्यक्रममा धरान राउण्ड टेबलका निर्वतमान अध्यक्ष लक्ष्मीकान्त वियानी, भूतुपूर्व अध्यक्ष विवेक अटल र अन्य पदाधिकारीहरुको पनि उपस्थित रहेको थियो ।
धरान राउण्ड टेबल २६ ले विद्यालयलाई ५० हजार बराबरको फिल्टरसहितको खानेपानी धारा सहयोग गरेको छ भने सम्पूर्ण विद्यार्थीहरु खाजाको पनि व्यवस्था गरेको थियो ।
