Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धनकुटामा अग्रज पत्रकार राजकुमार दिक्पालको घरमा आगलागी

हाम्रो कोशी आवाज
फाल्गुन २८ २०७७, शुक्रबार
धनकुटामा अग्रज पत्रकार राजकुमार दिक्पालको घरमा आगलागी

धनकुटाः धनकुटामा आगलागी भएको छ ।
अग्रज पत्रकार पोर्चुगल निवासी राजकुमार दिक्पालको घरमा आगलागी भएको हो । धनकुटा नगरपालिकाको वारुणयन्त्रले आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घरमा भतिजीमात्रै एक्लै रहेको बेला विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी सहायक निरीक्षक हुसनकाजी राईले जानकारी दिए ।
घरको माथिल्लो तलामा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरभित्रको फर्निचर, ट्रष्ट बटम, खाट, दराज, टेबल, डेढ तोला सुन , नगद १ लाख ८० हजार रुपैयाँ र लत्ताकपडा जलेर नष्ट भएको उनले जानकारी दिए ।

 

प्रकाशित मिति: फाल्गुन २८ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend