धरानः धरान–५ रमाइलो चौंकका ३३ वर्षीय पेम्वा शेर्पालाई लागूऔषधसहित पक्राउ गरिएको छ ।
शुक्रबार राति ८ बजे खटिएको प्रहरी टोलीले शेर्पालाई लागूऔषध नाइट्रोजन १५१ ट्याब्लेट, स्पास्मोप्रोक्जोभिन ६४ ट्याब्लेट र डाइलेक्स डिसी १२ बोतलसहित पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
उता खोटाङमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । खोटाङ हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी मापाचुलीका ५६ वर्षीय रामबहादुर कार्कीको भीरबाट लडेर मृत्यु भएको हो । सोही स्थानमा रहेको आफ्नै दाइको खरबारीमा पुरानो सुकेको खर आगो लगाई निभाउने क्रममा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।