Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका विद्यार्थीलाई फरक शिक्षा

हाम्रो कोशी आवाज
फाल्गुन २९ २०७७, शनिबार
धरानका विद्यार्थीलाई फरक शिक्षा

धरानः धरानका छात्रछात्रालाई शेयर बजारसम्बन्धी शिक्षा दिइएको छ ।
धरान–१६ स्थित युएन कलेजमा बिएचएम अध्ययरत छात्रछात्रालाई शेयर बजारसम्बन्धी शिक्षा दिइएको हो । उनीहरुलाई शेयर बजारबारे आधारभूत तथा प्राविधिक जानकारी दिइएको थियो ।
एबीसी सेक्युरिटी धरान शाखाका सञ्चालक योगेशकुमार अग्रवालले शेयर बजारमा लगानी गर्नु अगाडि नयाँ लगानीकर्तालाई आधारभूत शिक्षा जरुरी रहेको आवश्यकता प्रष्ट पारेका थिए । अग्रवालले धरानमा शेयर तालिमलाई निरन्तरता दिए विद्यार्थीलाई अझ बढी फाइदा पुग्ने बताए ।
‘खासमा भन्ने हो भने विद्यार्थीलाई धेरै ज्ञान हुन्छ । विद्यार्थी जीवनमा त्यति धेरै पैसा हुँदैन । यदि विद्यार्थी जीवनमा भएको थोरै थोरै पैसा हामीले दोश्रो बजारमा लगानी गर्न सकेमा शेयर बजारको चालको बारेमा अनुभव लिन सकिन्छ’, उनले थपे, ‘शेयर बजारमा हुने कारोबार सिक्ने मौका भनेको विद्यार्थी उमेर नै उत्तम हुन्छ । विद्यार्थी जीवनमा गरिएको थोरै लगानीमा नोक्सानी आउँदा त्यति ठूलो असर पर्दैन तर पछि लगानी गरेर ठूलो पैसामा नोक्सानी हुँदा आफूलाई धेरै ठूलो असर पर्छ । त्यसैले शेयर बजारको मिठो अनुभव लिने र भविष्यमा ठूलो पुँजी लगानी गर्नुपरेमा विद्यार्थी जीवनमै शेयर बजारमा लगानी गरेको अनुभवले सिकाउँछ । त्यसको लागि विद्यार्थीको लागि शेयर बजार महत्वपूर्ण छ ।’
उनले आधारभूत तथा प्राविधिक विश्लेषक, पुँजी बजारको अवस्था, पुँजी बजारका असर पर्ने आधारभूत कुरा, शेयरमा हुने जोखिम र लगानीकर्ताले लगानी गर्दा अपनाउनुपर्ने सावधानी, आधारभूत ज्ञान तथा प्राविधिक विश्लेषणको आधारमा कसरी ट्रेडिङ निर्णय लिनेबारे सचेत गराएका थिए । कार्यक्रममा विद्यार्थीले शेयर बजार सम्बन्धी आफ्नो जिज्ञासा राखेका थिए ।
उनले शेयर बजार बढ्दो क्रममा रहेको पनि बताएका थिए । उनका अनुसार हाल शेयर बजार लगातार बढ्दै जाँदा शेयर सम्बन्धी आधारभूत तालिम दिने केन्द्र पनि सक्रिय बन्दै गएका छन् ।
‘शेयर बजार बढ्दो क्रममा छ । छोटो समयमै लगानी गरेर पनि मनग्ये नाफा गर्नेहरु बजारमा प्रशस्त भेटिन थालेका छन् । तर शेयर बजारमा कमाउनका लागि पनि विशेष सीप र ज्ञान आवश्यक हुन्छ,’ उनले भने, ‘त्यसका लागि तपाईलाई शेयरमा लगानी गर्न उपयुक्त कम्पनी कसरी छनोट गर्ने ? लगानी गर्दा ख्याल गर्नैपर्ने आधारभूत पक्ष के–के होलान् ? लगानी गर्ने सबैभन्दा उपयुक्त समय कहिले हो ? आदिबारे शिक्षा दिइएको छ ।
युएन कलेजका प्रमुख डम्बरकुमार तुम्बापोले कलेजले शेयर बजार, बैङ्किङ तालिम र विद्यार्थीलाई पढाइसँगै अन्य ज्ञान समेत बाँढ्दै आएको बताए । उनले होटल म्यानेजमेण्ट, म्यानेजमेण्ट, बिएचएम साथै बिबिएसका विद्यार्थीलाई पढाइबाहेकका फरक शिक्षा पनि दिइँदै आएको बताए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: फाल्गुन २९ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend