Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको एम्स कलेजमा सांस्कृतिक नृत्य

हाम्रो कोशी आवाज
फाल्गुन २९ २०७७, शनिबार
धरानको एम्स कलेजमा सांस्कृतिक नृत्य

धरानः धरान–१२ स्थित एम्स एकेडेमीमा तेश्रो सास्कृतिक दिवसका अवसरमा शुक्रबार एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
एम्स क्रिएटिभ ग्रुप (एसिजी) को आयोजनामा भएको प्रतियोगीतामा राजेश तामाङ पहिलो भएका छन् भने दृष्टि राई, उषा कार्की र एकता जिमी क्रमशः दोश्रो, तेश्रो र सान्त्वना भए ।
बिजेताहरुलाई कलेजका अध्यक्ष प्रकाश राई, प्रिन्सिपल मित्र तामाङ, वित्तीय संयोजक हेमन्त भण्डारीलगायतले मेडल र ट्रफी प्रदान गरेका थिए ।
प्रतियोगितामा ११ जना विद्यार्थीहरु सहभागी भएका थिए । प्रतियोगीताको निर्णायकमा वरिष्ठ नृत्य प्रशिक्षक नगेन्द्र राई रहेका थिए । कलेजका अधिकांश प्राध्यापक र विद्यार्थीहरु आ–आफ्नो भेषभुषा झल्काउने सांस्कृतिक पोशाकमा उपस्थित भएका थिए ।
विद्यार्थीहरुलाई आफ्नो संस्कार, संस्कृतिप्रति जागरुक बनाउन साँस्कृतिक दिवस राखिएको कलेजका ब्यवस्थापन सङ्कायतर्फका कार्यक्रम संयोजक दुर्गा सुवेदीले जानकारी दिए ।
नयाँ पुस्ताका विद्यार्थीहरुले आफ्नो मौलिक संस्कृति बिर्सदै जान थालेको हुनाले आफ्नो संस्कार, भेषभुषाको संरक्षण गर्नको लागि उत्प्रेरित गर्न प्रत्येक वर्ष यो कार्यक्रम गरिने कलेजका शैक्षिक निर्देशक नेत्र सुवेदीले जानकारी दिए ।
आफ्नो संस्कार, संस्कृतिको संरक्षण कसरी गर्नुपर्छ भन्ने कुरामा विद्यार्थीहरुलाई जिम्मेवार बनाउन यस्ता कार्यक्रमले टेवा पुग्ने कलेजका अध्यक्ष राईले बताए । एसिजीका अध्यक्ष निशान राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन छात्रा जानुका अधिकारीले गरेकी थिइन् । एसिजी कलेजका विद्यार्थीहरुलाई रचनात्मक र सामाजिक कार्यमा उत्तरदायी बनाउन स्थापना गरिएको संस्था हो ।

प्रकाशित मिति: फाल्गुन २९ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend