चतराः बराहक्षेत्र–५ मा रहेको बराह कृषि फर्ममा आगलागी भएको छ ।
आगलागी हुँदा ४ माउ भैंसी र ३ वटा बाख्राको पाठा जलेका छन् भने ४ वटा माउ भैंसी २ वटा पाडा र एक वटा पाठो घाइते भएका छन् ।
सञ्चाालक अमरबहादुर कार्की आइतबार बिहान दूध दुहुन गोठमा पसेको र दुग्ध दुँदै गर्दा टिनमुनि लगाएको खर जलेर खस्दा कार्की र भैंसीको शरीरमा खनिएको थियो । खर खस्दा मात्र आगो लागेको थाहा पाएका थिए । आगोले पोलेर घाइते कार्कीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइएपछि काठमाडौं लैजाने तयारी भइरहेको छ ।
फर्मका सञ्चालक हरिबहादुर खत्रीले कार्कीलाई बचाउने क्रममा समयमै भैंसी खोल्न नसक्दा चारवटा भैंसी जलेका छन् । आगलागीमा नगद ४० हजार १० बोरा चोकर बरन, टिभी, फ्रिज, पराल काट्ने मेसिनसहित मोटर, धान, लत्ताकपडा लगायत सामग्री जलेर नष्ट हुँदा १० लाख रुपैयाँभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी, स्थानीय र बराहक्षेत्र नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइसकेको छ । आगलागी के कारणले भएको अझै खुल्न सकेको छैन ।
तस्वीरः दीपक पुरी