Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खोटाङमा रुखबाट लडेर महिलाको मृत्यु

हाम्रो कोशी आवाज
चैत्र २ २०७७, सोमबार
खोटाङमा रुखबाट लडेर महिलाको मृत्यु

खोटाङः खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ बस्ने ४२ वर्षीया उर्मिला थापाको रुखबाट लडेर मृत्यु भएको छ ।
आइतबार बेलुका ४ बजे घर नजिकै आफ्नै बारीमा रहेको दुधिलोको रुखको घाँस झार्ने क्रममा रूखबाट लडी घाइते भएकी थापाको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा बेलुका पौने ६ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र २ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend