Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीका युवा ब्राउनसुगरसहित झापामा समातिए

हाम्रो कोशी आवाज
चैत्र २ २०७७, सोमबार
इटहरीका युवा ब्राउनसुगरसहित झापामा समातिए

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–६ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–४ का २३ वर्षीय आशिष चौधरी र बराहक्षेत्र घर भई इटहरी–७ बस्ने २४ वर्षीय लोकनाथ भण्डारीलाई दिउँसो साँढे १२ बजे लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।
उनीहरुको साथबाट प्रहरीले ४० ग्राम ब्राउनसगुर बरामद गरेको छ भने दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

प्रकाशित मिति: चैत्र २ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend