धरानः धरानमा आयोजित ‘पूर्वाञ्चल सिङगीङ स्टार’ मा १० जना प्रतिस्पर्धी छनौटमा परेका छन् ।
पूर्वाञ्चल बागिना कला केन्द्र धरानको आयोजनामा धरान-१२ स्थित होटल स्टार पूर्वीमा आयोजित प्रतियोगितामा २० जना प्रतियोगीबाट टप १० छनौटमा परेका हुन् । चौथो चरणको अडिसनबाट १० जना छनौटमा परेका हुन् ।
वैशाखको पहिलो साता हुने फाइनल प्रतियोगितामाा १० प्रतिस्पर्धीले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका अध्यक्ष भक्तिराज राईले जानकारी दिए ।
प्रतियोगितामा भोजपुरकी बबिता गुरुङ, मोरङकी अनुष्का ढकाल, सुनसरीका सन्तोष लिम्बू, धनकुटाकी पवित्रा राई, सुनसरीकी निषा खपाङ्गी, कल्पना तामाङ र रिजन लोहनी छनौटमा परेका छन् । यस्तै, उदयपुरका अर्जुन राई, पाँचथरका अर्जुनन राई, धनकुटाकी अजुमा राई छनौटमा परेका छन् ।
प्रतियोगिताको निर्णायकमा गायक तथा संगीतकार विशाल राई र मनोज मोते थिए । बिजेताले नगद ५० हजार रुपैयाँसहित एउटा गीत रेकर्ड, एक म्युजिक भिडियो तयार गर्ने अवसर र एकथान गिटार पाउनेछन् । यस्तै, एक वर्ष निःशुल्क संगीत सिक्ने अवसर प्राप्त गर्नेछन् । यसैगरी, दोस्रो र तेस्रोले क्रमशः नगद २५ हजार, १५ हजार रुपैयाँसहित एउटा गीत रेकर्ड, ६ महिना र ३ महिना निःशुल्क संगीत सिक्ने अवसर र सबैले एकथान गिटार पाउनेछन् । विद्यागत पुरस्कारतर्फ वेष्ट भोकल, वेष्ट डिस्प्लिन, वेष्ट परफमेन्स र वेष्ट पब्लिक च्वाइस अवार्ड प्रदान गरिने छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज









