Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्राउन सुगरसहित दुई महिला समातिए

हाम्रो कोशी आवाज
चैत्र ३ २०७७, मंगलबार
ब्राउन सुगरसहित दुई महिला समातिए

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका १५ फडानीस्थित काँसघारीबाट लागूऔषध ब्राउन सुगरसहित २ जना भारतीय महिलालाई पक्राउ गरिएको छ ।
मंगलबार दिउँसो साढे १ बजे भारत दार्जिलिङ बस्ने २७ वर्षीया सुनिता हेमरम र सोही स्थान बस्ने ३२ वर्षीया अनिता हेमरमलाई लागूऔषध ब्राउनसुगर १५० ग्रामसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धुलाबारी झापाले जनाएको छ ।
पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र ३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend