Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

राई र बस्नेत प्रदेश १ भरीको सर्वोत्कृष्ट प्रहरी

हाम्रो कोशी आवाज
चैत्र ४ २०७७, बुधबार
राई र बस्नेत प्रदेश १ भरीको सर्वोत्कृष्ट प्रहरी

विराटनगरः प्रहरी चौकी हर्कपुर ओखलढुङगा दरबन्दी भई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहमा कार्यरत प्रहरी जवान अशोक राई र प्रहरी चौकी कर्सिया, मोरङ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ज्ञानबहादुर बस्नेत फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
उनीहरुले उच्च मनोबल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुरयाउनुको साथै कर्तव्य ज्यान, अपहरण गरी शरीर बन्धक जस्ता जघन्य प्रकृतिका अपराध गरी वारदात पश्चात फरार रहेका प्रतिवादीहरु, चोरी पैठारी तथा प्रतिबन्धित लागूऔषध कारोबारीलगायत विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानुनी कारवाहीको दायरामा ल्याउन भूमिका निर्वाह गरेका थिए ।
उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङकन गर्दै उनलाई सर्वोकृष्ट प्रहरी घोषणा गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र ४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend