धरानः यही चैत्र ८ गते देखि काठमाण्डौमा हुन लागेको २३ वर्षमुनिका रोयल बास्केटबल च्याम्पियनसीपमा सहभागी हुन जान लागेका धरान मेघा कलेज बास्केटबल टिमलाई धरान बास्केटबल संघ र धरान मेघा कलेजले शुक्रबार विदाइ गरेको छ ।
धरानको प्रतिनिधित्व गरेर जान लागेका कलेजका बास्केटबल टिमलाई कलेजको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी विदाइ गरिएको हो ।
उनीहरुलाई नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष एवं धरान बास्केटबल संघका अध्यक्ष सुरजकुमार लामा र मेघा कलेजका अध्यक्ष कैलाश लिम्बूले खादा र टिका लगाएर विदाइ गरेका थिए ।
धरान मेघा कलेज टिममा कविन मगर, सन्तोष तामाङ, सरोज राई, साहिल तामाङ, सुजन राई, सुसन श्रेष्ठ, जोमन राई, दिवस राई, मौसम राई, रोहन श्रेष्ठ, मानबहादुर दर्जी, निसाम तामाङ र प्रशिक्षकमा हेमन्त राई र युगल लिम्बू रेहेका छन् ।
विदाइका क्रममा कलेजका अध्यक्ष लिम्बू र बास्केटबल संघका अध्यक्ष लामाले टिमलाई सुभकाना दिएका थिए । कार्यक्रममा कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, कलेजका प्राचार्य चन्द्र वनेम, प्रदेश १ का मुख्य प्रशिक्षक विकास चाम्लिङ राईलगायतको उपस्थिति रहेको थियो ।
