Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्घटनामा दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
चैत्र ७ २०७७, शनिबार
दुर्घटनामा दुईजनाको मृत्यु

दमकः झापाको दमकमा ट्रिपर र मोटरसाइकल जुध्दा दुईजनाको मृत्यु भएको छ
शनिबार साँझ भएको दुर्घटनामा थप तीनजना घाइते समेत भएका छन् । दमक-४ मा पर्ने पूर्व–पश्चिम राजमार्गस्थित चियाबगानमा विपरीत दिशाबाट आएको ट्रिपर र मोटरसाइकल एकआपसमा जुधेको थिए । दुर्घटनामा गम्भीर घाइते बनेका मोरङ रतुवामाइ-८ का २३ वर्षीय निरन बस्नेत र २४ वर्षीय अनिश कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश नम्बर १–०२–०४४ प ८१३३ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००१ च १०८२ नम्बरको ट्रिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार कोइरालाको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार बस्नेत मोटरसाइकल चालक थिए भने कोइराला पछाडि सवार थिए । बस्नेतको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको दमक प्रहरीले जनाएको छ । कोइरालालाई भने दमककै लाइफलाइन अस्पतालमा उपचारमा लैजादै गर्दा बाटोमा नै मृत्यु भएको थियो । उनीहरु सवार मोटरसाइकलमा नै रहेका १८ वर्षीय हर्षित बाँस्तोला पनि घाइते छन् ।
यस्तै, मोटरसाइकलमा सवार उर्लाबारी ८ का ४० वर्षीय तुलाराम ढुंगाना र ८५ वर्षीय शिवलाल ढुंगाना पनि घाइते छन् । उनीहरुको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको दमक प्रहरीले जनाएको छ । ट्रिपर र ट्रिपर चालक प्रहरी नियन्त्रण छन् ।

प्रकाशित मिति: चैत्र ७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend