Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्कुटरलाई ठक्कर

हाम्रो कोशी आवाज
चैत्र १० २०७७, मंगलबार
स्कुटरलाई ठक्कर

धरानः पानी बोक्ने ट्याङकरले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–७ कि ३३ वर्षीय कमला राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
दुर्घटनामा उनका श्रीमान ४८ वर्षीय सुशील राजवंशी घाइते भएका छन् । मृतक कमला राजवंशी उनका श्रीमान सुशील मे७प ४९४१ नम्बरको स्कुटरमा सवार रहेकी थिइन् । ना१ख ९६२५ नम्वरको पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सुशीलको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
ट्याङ्कर चालक पाँचथरका ३३ वर्षीय नरेश पदक फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ ।

प्रकाशित मिति: चैत्र १० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend