Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तीब्र गतिमा मोटरसाइकल कुदाउँदा किशोर कार्कीको मृत्यु

हाम्रो कोशी आवाज
चैत्र १२ २०७७, बिहिबार
तीब्र गतिमा मोटरसाइकल कुदाउँदा किशोर कार्कीको मृत्यु

बिर्तामोडः झापाको झिलझिलेमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँका वर्ष ४६ को किशोर कार्कीको मृत्यु भएको हो ।
शिवसताषी–१ ढुंगेल चोकस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे१०प ३५६९ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । टाउकोमा चोट लागेर गम्भीर घाइते बनेका कार्कीको उपचारका क्रममा मृत्यु भएको हो । उनको बिएण्डसी अस्पतालमा बिहीबार राति २ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीब्र गतिमा चलाइएको कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: चैत्र १२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend