विराटनगरः मोरङ र पाँचथरका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो सवा १२ बजे कटहरी–४ रंगेली सडक खण्डमा को२त ६१२७ नम्बरको ट्रयाक्टरले को३प ३३०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक धनपालथान–७ का ६० वर्षीय मुस्तफी मियाको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
ठक्कर दिने ट्रयाक्टर र चालक नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी दोलाखा तामाकोशी–३ पुरानोगाँउका २८ वर्षीय पवन महतको स्काइभेटर दुर्घटनाबाट मृत्यु भएको छ । बिहीबार दिउँसो सवा १२ बजे पाँचथरको कुम्मायक–४ वानथाक स्थित मध्यपहाडी लोकमार्गको ट्रयाक खन्ने क्रममा ना १ क ८३२१ नम्वरको स्काइभेटर अचानक चिप्लिएर ५०० मिटर तल झरी दुर्घटना हुदा चालक महतको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।