Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीबाट सफाइ पाएर चतरा बसेका सिद्धबाबालाई फेरि झिकाउन आदेश

हाम्रो कोशी आवाज
चैत्र १३ २०७७, शुक्रबार
सुनसरीबाट सफाइ पाएर चतरा बसेका सिद्धबाबालाई फेरि झिकाउन आदेश

धरानः जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई उच्च अदालत विराटनगरले १५ दिन भित्र झिकाउने आदेश दिएको छ।
बलात्कार आरोप मुद्दामा खेपेका उनलाई सुनसरी अदालतले सफाइ दिएको थियो । शुक्रबार न्यायाधीश प्रेमराज ढकाल र रेणुका शाहको इजलासले सिद्धबाबालाई झिकाउने आदेश दिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।
सिद्धबाबाका नाममा शुक्रबार अदालतले म्याद जारी गर्ने अदालतको तयारी छ । गिरीलाई गत मंसिर २२ गते जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो । २०७६ कात्तिक ४ गते राती सिद्धबाबाले करणी गरेको भनी २०७६ मंसिर ११ गते सिद्धबाबाकी महिला अनुयायीले जाहेरी दिएकी थिइन् । अदालतले सफाइ दिएपछि गिरी चतरास्थित आफ्नै आश्रममा छन् ।

प्रकाशित मिति: चैत्र १३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend