Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मन्टेश्वरीका ४० बालबालिका दीक्षित

हाम्रो कोशी आवाज
चैत्र १४ २०७७, शनिबार
धरानमा मन्टेश्वरीका ४० बालबालिका दीक्षित

धरानः धरान-१ स्थित धरान मन्टेश्वरीमा दीक्षान्त समारोह सम्पन्न भएको छ ।
कार्यक्रममा ४० जना बालबालिका दीक्षित भएका छन् । अपर केजी अर्थात् युकेजीका ४० जना विद्यार्थी दीक्षित भएका हुन् ।
दीक्षित विद्यार्थीहरूलाई दीक्षान्तको प्रमाण–पत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटुवाल, मन्टेश्वरीका डाइरेक्टर दीपक अग्रवाल, प्रिन्सिपल मैया अग्रवाल (राई), हाम्रो कोशी आवाज डटकमका सम्पादक–प्रकाशक शेखरनाथ जोगीलगायतले उनीहरुलाई दीक्षित गर्दै प्रमाणपत्र वितरण गरेका थिए ।
१४ औं वार्षिकोत्सवका अवसरमा यस्तो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल अग्रवालले बताइन् । उनका अनुसार यो १३ औं दीक्षान्त समारोह हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शिक्षा महाशाखा प्रमुख कटुवालले कक्षा–१ प्रवेश गर्नुअघिका विद्यार्थीले कार्यक्रममा देखाएको प्रतिभा तारिफयोग्य र लोभलाग्दो रहेको बताए ।
उनले बालबालिकाले सिक्ने शिक्षा भनेकै व्यवहारिक ज्ञान, संस्कार, संस्कृतिलगायतका कुराहरु नै रहेको बताए । ‘हामी के सोंच्छौं भने हाम्रा बालबालिकाले धेरै किताब पढिरहुन्, नसुती पढिमात्रै रहुन् तर त्यो होइन उनीहरुले व्यवहारिक ज्ञान (नाच्ने, गाउनेलगायत अतिरिक्त क्रियाकलाप) पनि सिकुन्, संस्कार, संस्कृतिबारे पनि जानुन् यो चाहिँ शिक्षाको महत्वपूर्ण पाटो हो ।’ बालबालिका हिलो माटो जस्तै रहेको बताउँदै उनले बालबालिकालाई अभिभावकले जस्तो बनाउन चाह्यो त्यस्तै बन्ने बताए ।
कार्यक्रममा बोल्दै डाइरेक्टर अग्रवालले मन्टेश्वरीमा अध्यापनरत मिहिनेती शिक्षक, कर्मचारी साथै हौसला, सल्लाह, सुझाव दिनुहुने अभिभावककै कारण मन्टेश्वरीले फड्को मारेको बताए ।
कार्यक्रममा विद्यार्थीहरूले नेपाली तथा अङ्ग्रेजी भाषाको गीतमा नृत्य देखाएर अभिभावकलाई भरपुर मनोरञ्जन दिएका थिए ।
२०६२ सालमा स्थापना भएको सो मन्टेश्वरी धरानको पुरानो मन्टेश्वरी हो । मन्टेश्वरीले मन्टेश्वरी पद्दतिमा जोड दिँदै पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै आएको बताए । उनले बालबालिकालाई बढीजसो व्यवहारिक र आत्मनिर्भरतर्फ उन्मुख शिक्षा दिइँदै आएको बताइन् । कक्षा–५ सम्म अध्ययन अध्यापन हुने मन्टेश्वरीमा ६ वर्षभन्दामुनिका बालबालिकाको मनोविज्ञानलाई ध्यानमा राखेर अध्ययन गराउँदै आएको प्रिन्सिपल अग्रवालले बताइन् । यही उमेर बालबालिकाको लागि मानव विकासको पहिलो तह मानिन्छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: चैत्र १४ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend