Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

परिवार नै गीत-संगीतमा

हाम्रो कोशी आवाज
चैत्र १६ २०७७, सोमबार
परिवार नै गीत-संगीतमा

धरानः ‘वास्तवमै नढाँटी भन्नुपर्दा गायनमै आउँछु, गायक नै बन्छु, यसैमा करिअर बनाउँछु भन्नेचाहिँ थिएन तर जिन्दगीमा एउटा गीत रेकर्ड गराउँछु भन्ने थियो’, धरानमा हाम्रो कोशी आवाज डटकमको स्टुडियोमा भेटिएका कञ्चन थलङले भने, ‘तर अहिले आएर गायक नै भइयो, गायक नै भनेर चिनियो ।’
बुबाको सपना गायक बन्ने रहेको र उहाँकै लगावका कारण आफू गायक बन्न सफल बनेको उनले बताए । ‘मेरो बुबाको एउटा सपना हो गायक बन्ने, तर गाउँमा अध्यापनरत हुनुहुन्थ्यो, उहाँको गायक बन्ने सपना पूरा हुन सकेन, उहाँको शब्द, संगीतमा दुईवटा रेकर्ड गराउनुभएको छ’, उनले भने, ‘विशेषतः बुबाकै सपना पूरा गर्न पनि गायनतर्फ हात हालियो ।’
पारिवारिक सांगीतिक माहौलले गीत–सङ्गीतमा झुकाव बढाएको उनको भनाइ छ । उनका बुबा, दाजु, बहिनी सबै गीत–सङ्गीतमै रमाइरहेका छन् ।
जसले टाइटल पनि जितेका छन्
‘संयोगचाहिँ कस्तो परेको छ भने हामी तीनैजनाले टाइटल होल्डर हौं’, उनले थपे, ‘कुशल दाजुले पूर्वाञ्चल सुरसाज धरान आइडल जित्नुभएको छ भने बहिनी प्रकृति थलङले पूर्वाञ्चल सिङ्गीङ स्टारमा बिजेता बनिसकेकी छिन् । यस्तै, म आफूले पनि लिम्बुवान सिङ्गीङ आइडल बनेको थिएँ ।’
चिसो, चिसो छ मौसमले लियो ‘मार्केट’
यसअघि पनि उनले धेरै गीत गाए, स्टेज तताए । उनका दाजुले पनि धेरै गीत गाए र बहिनीले पनि । तर एक्कासी ‘चिसो, चिसो छ मौसम’ बोलको गीतले ‘मार्केट’ लिइदिँदा सबैलाई चिनाउन सजिलो बनेको उनको कथन छ । ‘एक वर्षअघि गीत सार्वजनिक गर्ने सुरसारमा थिएँ, लकडाउन भइहाल्यो, त्यसैले सार्वजनिक गर्न सकिनँ तर केही हप्ताअघि यो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ, दर्शकले खुब मन पराइदिनुभएको छ, धेरै खुशी छु ।’ उनले भने ।
मेलिना राईको स्वरमा रहेको ‘चिसो–चिसो छ मौसम’ बोलको गीत मेल र फिमेल भर्सन दुवैमा चलेको उनले बताए । यसअघि नै मेल भर्सनमा कञ्चन थलङको स्वरमा सार्वजनिक भइसकेको यो गीत पछि फिमेल भर्सनमा सार्वजनिक भएको हो । कञ्चन थलङ, रेखा लिम्बू र नुमिङ शेर्पाको अभिनय रहेको भिडियो कञ्चनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
सो गीतमा शब्द रसंगीत कञ्चन थलङको रहेको छ भने टेकेन्द्र यक्सोको एरेञ्ज र किशोर थापाको मिक्सिङ रहेको छ । प्रकाश लिम्बूको निर्देशनमा रहेको भिडियोलाई बिबी लिम्बूले छायांकन र सम्पादन गरेका हुन् । सह–निर्देशन प्रर्शुराम थलङको रहेको छ भने ड्रोन विकास दाहालको रहेको छ ।

 

प्रकाशित मिति: चैत्र १६ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend