Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

छुट्टाछुट्टै घटनामा चारको मृत्यु

हाम्रो कोशी आवाज
चैत्र १६ २०७७, सोमबार
छुट्टाछुट्टै घटनामा चारको मृत्यु

धरान्ः सुनसरी दुहबी–१० स्थित नहरचौकमा भएको मोटरसाइकल दुर्घटनामा परी गढी गाउँपालिका २ सखुवारे कलरुवा बस्ने ३२ वर्षीय सञ्जय चौधरीको मृत्यु भएको छ ।
सोमबार दिउँसो पौने २ बजे को९प ७००० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को४प ६११२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा को४प ६११२ नम्बरको मोटरसाइकलचालक रहेका चौधरी गम्भीर घाइते भई विराट टिचिङ अस्पताल पुरयाउनसाथ मृत्यु भएको थियो । अर्का मोटरसाइकल चालक मोरङ झोराहाट नयाबजार बस्ने १८ वर्षीय निकेश बजारु समेत घाइते भई जीवन ज्योति अस्पताल दुहबीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।
यस्तै, फलामको खन्तीले हानी हत्या भएको छ । सुनसरी इटहरी–२ बस्ने ५५ वर्षीय जीवन रेग्मीले सोही स्थानका ५० वर्षीय केशव कार्कीलाई फलामको खन्तीले भुँडीमा हानी हत्या गरेका छन् ।
दिउँसो साढे १ बजे रेग्मीले पहिलाको विवादलाई लिएर कार्कीलाई फलामको खन्तीले भुँडीमा हानी गम्भीर घाइते बनाइ फरार भएका थिए । घाइते कार्कीको धरानस्थित बीपी प्रतिष्ठानमा उपचारको क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको थियो । फरार रहेका रेग्मीलाई नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले जनाएको छ ।
यस्तै, सुनसरी बर्जु–६ बस्ने ११ वर्षीया अञ्जली मेहताको करेन्ट लागेर मृत्यु भएको छ । बिहान ६ बजे छिमेकीको घरमा पानी भर्ने क्रममा पानी तान्ने मोटरमा विद्युत सर्ट भई करेन्ट लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।
उता ताप्लेजुङ मिक्वाखोला–१, सिम्ले बस्ने २८ वर्षीय मनकुमार तामाङको रुखले किची मृत्यु भएको छ । बिहान ७ बजे सोही स्थानमा रहेको कात्तिके सामुदायिक जंगलमा दाउरा काट्न चिलाउनेको रूख काटी ढाल्ने क्रममा सो रूखको हाँगा अड्की हागा काट्ने क्रममा उक्त रूख ढली किचेर घाइते भएका तामाङको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा दिउसो साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति: चैत्र १६ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend