Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दम्पत्तिबीच कतिको उमेर अन्तर हुँदा अति उत्तम ?

हाम्रो कोशी आवाज
चैत्र १७ २०७७, मंगलबार
दम्पत्तिबीच कतिको उमेर अन्तर हुँदा अति उत्तम ?

नेपाली समाजमा श्रीमान् भन्दा श्रीमतीको उमेर कम हुनुपर्छ भन्ने धारणा राख्ने गरेको पाइन्छ । सायद पितृसतात्मक सोंच-चिन्तनले पनि यसमा काम गरेको हुनुपर्छ ।युवतीहरु पनि आफुभन्दा बढी उमेरका पुरुषसँग दाम्पत्य जीवन विताउने अभिलाषा प्रकट गर्छन् । उनीहरु प्रेम गर्दा होस् वा विवाह गर्दा, आफुभन्दा बढी उमेरका पुरुषसँग गर्न चाहन्छन् । गरिरहेका हुन्छन् पनि ।
किनभने अक्सर युवतीहरु पुरुषबाट सुरक्षा खोज्छन् । उनीहरु आफ्नो जीवनसाथी आफूभन्दा परिपक्क होस् भन्ने चाहन्छन् । त्यसैले उनीहरु आफुभन्दा बढी उमेरका पुरुषसँग सम्बन्ध गाँ’स्न रुचाउँछन् ।सायदै होलान्, श्रीमान् र श्रीमतीको उमेर बराबर भएको । धेरैजसो श्रीमतीको भन्दा श्रीमानकै उमेर बढी हुन्छ । तर, कति बढी ? यसको पनि कुनै सीमा छैन । कोही श्रीमान्-श्रीमती १ बर्षका जेठो-कान्छो हुनसक्छन् । कतिमा भने १० वा ११ बर्षको उमेर अन्तर हुनेगर्छ । यस किसिमको उमेर अन्तरले दाम्पत्य सुखमा केही असर गर्छ ?किनभने विवाह एक यस्तो सम्बन्ध हो, जसमा श्रीमान् र श्रीमतीबीच खास तालमेल हुन जरुरी छ । नभए त प्रेमले जोडिएको यो सम्बन्धमा ख’टपट आउन सक्छ ।
जर्जिया एटलान्टाको एमोरी युनिभर्सिटीको अध्ययनकर्ताले यसै सम्बन्धमा एक अध्ययन गरेको थियो । त्यसमा तीन हजार दम्पतीले भाग लिएका थिए । उक्त अध्ययनको ध्येय थियो कि, के कारण दाम्पत्य जीवन लामो समयसम्म सुमधुर रहनछ । अध्ययनका क्रममा उमेर, जाति, पढाई, रोजगार, धर्म, आय, परिवारमा सदस्य संख्याको जानकारी लिइयो । यस किसिमको डाटाबाट अध्ययनलाई भरपर्दो बनाउनका लागि रिलेशनसिप र प्रेमको दृष्टिबाट निष्कर्ष निकाल्न सहज भयो । यो अध्ययन केवल यही कुरा पत्ता लगाउनका लािग गरिएको थियो कि के वास्तवमा सफल र लामो सम्बन्धका लागि पार्टनरबीचको एज ग्यापले कुनै अर्थ राख्छ ?
स्टडीलाई तीन हिस्सामा बिभाजन=यस स्टडीमा हासिल गरिएको जानकारीलाई तीन हिस्सामा विभाजन गरिएको थियो । पहिले, ति दम्पती जसको उमेर अन्तर एक बर्षभन्दा कम छ । यसरी उमेर अन्तर धेरै नहुनेको दाम्पत्य जीवन सुखमय हुन्छ । उनीहरुमा स’म्बन्ध वि’च्छेद गर्ने संभावना अत्यन्तै कम हुन्छ ।यसैगरी जुन दम्पतीको उमेर अन्तर पाँच बर्षको छ, उनीहरुको ब्रेकअप हुने संभावना १८ प्रतिशत रहन्छ ।
त्यसैगरी जुन दम्पतीको उमेर अन्तर १२ बर्षभन्दा बढी छ, उनीहरुको सम्बन्ध विच्छेद हुने सं’भावना अधिक रहन्छ ।यसको निष्कर्ष के भने, दम्पतीबीच जति धेरै उमेर अन्तर हुन्छ उत्तिनै उनीहरुको सम्बन्धमा ख’टपट आउने र सम्बन्ध विच्छेद हुने संभावना बढ्छ । यसर्थ दाम्पत्य सुखका लागि श्रीमान् र श्रीमतीको उमेर अन्तर पनि कम हुनुपर्छ । एजेन्सी

प्रकाशित मिति: चैत्र १७ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend